FAQs Complain Problems

सूचना तथा समाचार

याेजना सम्झाैताका लागि अावश्यक कागजातहरु के के हुन ?

योजना सम्झौताको लागि आवश्यक कागजातहरुः

  • जनप्रतिनिधि वा कर्मचारीको उपस्थितिमा उपभोक्ता समिति र आन्तरिक अनुगमन समिति (१ जना महिला सहित ३ सदस्यीय) गठन गर्ने आम भेलाको निर्णयको प्रतिलिपि,
  • उपभोक्ता समितिको बैठकबाट सम्झौताको लागि जिम्मेवार पदाधिकारी तोकिएको र खाता सञ्चालन गर्ने पदाधिकारी तोकिएको निर्णयको प्रतिलिपी,
  • विगतमा गठित उपभोक्ता समितिलाई नै कार्य गर्ने जिम्मा दिनु परेमा भेलाबाट पुन: अनुमोदन गराएको निर्णयको प्रतिलिपी,
  • उपभोक्ता समितिको छाप,
  • वडा समितिको कार्यालयबाट सम्झौताको लागि पठाइएको सिफारीस पत्र,
  • उपभोक्ता समितिका सदस्यहरुको नागरिकताको प्रतिलिपि,
  • आयोजनाको लागत अनुमान विवरण,(कार्यालयका प्राविधिकद्वारा तयार भई प्र.प्र.अ. द्वारा स्वीकृत भएको)
  • आयोजनाको कार्यान्वयनको कार्य तालिका।
  • र आवश्यक अन्य कागजातहरु।