सूचना तथा समाचार
याेजना सम्झाैताका लागि अावश्यक कागजातहरु के के हुन ?
योजना सम्झौताको लागि आवश्यक कागजातहरुः
- जनप्रतिनिधि वा कर्मचारीको उपस्थितिमा उपभोक्ता समिति र आन्तरिक अनुगमन समिति (१ जना महिला सहित ३ सदस्यीय) गठन गर्ने आम भेलाको निर्णयको प्रतिलिपि,
- उपभोक्ता समितिको बैठकबाट सम्झौताको लागि जिम्मेवार पदाधिकारी तोकिएको र खाता सञ्चालन गर्ने पदाधिकारी तोकिएको निर्णयको प्रतिलिपी,
- विगतमा गठित उपभोक्ता समितिलाई नै कार्य गर्ने जिम्मा दिनु परेमा भेलाबाट पुन: अनुमोदन गराएको निर्णयको प्रतिलिपी,
- उपभोक्ता समितिको छाप,
- वडा समितिको कार्यालयबाट सम्झौताको लागि पठाइएको सिफारीस पत्र,
- उपभोक्ता समितिका सदस्यहरुको नागरिकताको प्रतिलिपि,
- आयोजनाको लागत अनुमान विवरण,(कार्यालयका प्राविधिकद्वारा तयार भई प्र.प्र.अ. द्वारा स्वीकृत भएको)
- आयोजनाको कार्यान्वयनको कार्य तालिका।
- र आवश्यक अन्य कागजातहरु।