FAQs Complain Problems

सूचना तथा समाचार

सत्यवती गाउपालिकामा स्वास्थ्य तथा पुर्नस्थापना घुम्ती शिविर सम्पन्न

बाल अपाङ्ग अस्पताल तथा पुनस्थापना केन्द्र एच.आर.डि.सी बनेपाको आयोजनामा एक दिने स्वास्थ्य तथा पुनस्थापना घुम्ती शिविर जोहाङ्ग प्राथमिक स्वास्थ्य केन्द्र सत्यवती ६ गुल्मीमा सम्पन्न भएको छ ।
सत्यवती गाउपालिका र जोहाङ्ग प्राथमिक स्वास्थ्य केन्द्रको समन्वयमा भएको शिविरमा १८ वर्ष सम्मका २६ जना बालिका र ३३ जना बालक गरी ५९ जनाको स्वास्थ्य परिक्षण गरिएको थियो भने ८ जना लाई पुनस्थापनाकेन्द्र बनेपामा पुन स्वास्थ्य परिक्षणका लागि रिफर गरिएको आयोजक संस्थाले जनाएको छ । एम.आर.ए. हेम राज के.सी.को सहयोग रहेको कार्यक्रममा प्रमुख अतिथि एच. आर.डि.का डा.विरेन्द्र चन्दले समापन कार्यक्रमलाई सम्वोधन गर्दै यो शिविर पूर्णरुपमा सफल भएको बताउनु भयो । अपाङ्गहरुको सहभागीताको चापलाई देख्दा यस क्षेत्रका लुकेर बसेका विरामीहरुलाई उपचार सम्म ल्याउन पाउदा आफूलाई खुसीलागेको समेत बताउनु भयो । सत्यवती गाउपालिका वडा नं. ६ का वडा अध्यक्ष तथा जोहाङ्ग प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष विष्णु प्रसाद भण्डारीको सभापतित्वमा उद्घाटन गरिएको थियो । सत्यवती गाउपालिका का अध्यक्ष पारिश्वर ढकालको समापन कार्यक्रममा सभापतित्व रहेको थियो भने इलाका प्रहरि कार्यालय जोहाङ्गका प्रमुख खुम बहादुर कुवँर सत्यवती गाउ कार्यपालिका सदस्य होम भुजेल पत्रकार शुरेश थापा लगाएतको आतिथ्यता डा. सुदर्शन गौतमको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन जोहाङ्ग प्राथमिक स्वास्थ्य केन्द्र का ल्याव टेक्नीसियन खिमलाल पाण्डेले गर्नुभएको थियो ।

आर्थिक वर्ष: