FAQs Complain Problems

सूचना तथा समाचार

सत्यवती गा‌उँपालिका मा निशुल्क अाखाँ शिविर

माघ १९ यस सत्यवती गाउँपालिका वार्ड न‍. ६ प्राथमिक स्वास्थ्य. केन्द्र व्यवस्थापन तथा सञ्चालन समितीका अध्यक्ष तथा वडा नम्वर ६ का वडा अध्यक्ष श्री विष्णु प्रसाद भण्डारी काे अध्यक्षतामा २ दिने बृहद निशुल्क अाखाँ शिविर समापन भयाे ।

उक्त अवसरमा गाउँपालिका अध्यक्ष श्री पारिश्वर ज्यू  काे प्रमुख अातित्यथामा  गाउँपालिका उपाध्यक्ष शुवर्ण शाही शेरचन  र प्रमुख प्रशासकिय अधिकृत ऋिषीराम पन्थी काे विशिष्ठ अातित्थतामा लाकाैल अाखाँ अस्पतालका डाइरेक्टर  डा. श्री अरनिकाे पाण्डेले ५६ जनाकाे निशुल्क अाखाँ अप्रेशन र ४१५ जनाकाे अाँखा जाच गरी अाैषधी र चश्मा वितरण गरेकाे जानकारी गराउनु भयाे । अागामी दिनमा सत्यवती गाउँपालिका भित्रका सम्पूर्ण विधालयहरुमा निशुल्क अाँखा जाच गर्ने र प्रत्येक महिनकाे तेश्राे शनिवार प्राथमिक स्वास्थ्य केन्द्र जाेहाङ गुल्मी मा निशुल्क अाँखा जाच हुने व्हाेरा नेपाल नेत्र ज्याेती सँघ गुल्मी का प्रमुख श्री सुर्य बहादुर बस्नेत ले जानकारी दिनुभयाे । उक्त अवसरमा डाक्टर  स्वास्थ्य कर्मी र अन्य कर्मचारीलाइ सत्यवती गाउँपालिकाबाट खादा माला र मायाकाे चिनाे समेत दिइ सम्मान गरीएकाे थियाे । उक्त अवसरमा सुरक्षा निकाय प्राथमिक स्वस्थ्य केन्द्रका प्रमुख तथा कर्मचारी पत्रकार सर्वसाधारण एवम् महिला स्वास्थ्य स्वमसेविकाकाे समेत उपसि्थती रहेकाे कार्यक्रम सत्यवती गाउँपालिका जनस्वास्थ्य शाखाका समयाेजक हिमलाल भण्डारीले सञ्चालन  गर्नुभएकाे थियाे ।

आर्थिक वर्ष: